औषधी विभागद्धारा प्यारासिटामोल र मेट्रो ४०० एमजी बिक्रि वितरणमा रोक

औषधी विभागद्धारा प्यारासिटामोल र मेट्रो ४०० एमजी बिक्रि वितरणमा रोक


काठमाडौं – औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको औषधी पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको छ ।

विभागले एक सूचना जारी गर्दै मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाएको हो ।

विभागले सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न निर्देशन दिएको छ ।

विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।