नेपाली छोरा मेदिनी अधिकारीले पाए अमेरिकाको प्रसिद्ध पुरस्कार

नेपाली छोरा मेदिनी अधिकारीले पाए अमेरिकाको प्रसिद्ध पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमुलका मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेली अवार्डबाट पुरस्कृत भएका छन्।

कुल १२ हजार प्रतिस्पर्धीलाई पाखा लगाउँदै सामाजिक अभियन्ता तथा सूचना प्रविधि विज्ञका रुपमा स्थापित प्राध्यापक अधिकारीले उक्त अवार्ड हात पारेका हुन् ।

निर्णायकको मूल्याँकन र पब्लिक भोटिङ समेतको आधारमा विजयी घोषणा गरिने टेलि अवार्डका लागि उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाई उछिनेका छन्।

 उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वल्र्ड टेलिभिजनले २०१६ मालिएको अन्तवार्तालाई निर्णायकहरुले छनोटको मुख्य आधार मानेका थिए । निर्णायकहरुमा विख्यात मिडियाविज्ञ क्यारोलिनीस्मिथ, ज्याक शेली र लाउरेन लुमस्डेन थिए ।

समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई सन् १९७९ देखि प्रदान गरिदै आएको सो अन्तराष्ट्रिय पुरस्कार सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कार हो। इक्विालिटी फाउन्डेसनका संस्थापक तथा सिइयो अधिकारीले सो फाउन्डेसनमार्फत नेपालको दुर्गम गाउँहरुमा सुचना प्रविधिको पहुँच विस्तार गरि शिक्षा, स्वास्थ्य र आर्थिक बृद्धिमा दिएको योगदानका लागि पुरस्कार प्रदान गरिएको अवार्डको वेभसाइटमा उल्लेख छ। उनी हलिउड स्टार म्याथ्यूम्याक्ग्रेने तथा सिएनएन एंकर ओ ब्रियनसँगै पुरस्कृत भएका हुन्।

झापा घर भएका अधिकारी उच्च शिक्षा अध्यययनको लागि सन् १९९६ मा अमेरिका पुगेका थिए। उनी लामो समयदेखि अमेरिकन मिलिटरी विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक छन्।