यसरी मनाइयो योग दिवस (फोटोफिचर)

यसरी मनाइयो योग दिवस (फोटोफिचर)


काठमाडौं – आज राष्ट्रिय योग दिवस । देशभर विभिन्न कार्यक्रम गरि योग दिवस मनाइएको छ । नियमित योगले वास्तविक जीवनशैली अपनाउन सहयोग पुग्दछ ।

राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंको राष्ट्रियसभामा राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोह कार्यक्रम आयोजना गरि योगदिवस मनाइएको छ ।

उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णले योगाभ्यास गरेका थिए ।