अध्यक्षद्धयबीच भेटवार्ता मन्त्री हेरफेरका विषयमा छलफल

अध्यक्षद्धयबीच भेटवार्ता मन्त्री हेरफेरका विषयमा छलफल


काठमाडौं – पार्टीका तल्लो तह एकीकरण तथा सरकारका विषयमा अध्यक्षद्धयबीच भेटवार्ता भएको छ ।

सरकारको कामकारबाहीबारे आलोचना बढेपछि मन्त्री हेरफेरका विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष दाहालबीच मंगलबार पनि छलफल भएको थियो।

प्रचण्डले मंगलबार पत्रकारहरूसँग सरकार र मन्त्रीहरूका विषयमा दुई अध्यक्षद्धयबीच गम्भीर छलफलसँगै समीक्षा सुरु भएको बताएका थिए। खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने समेत बताएका थिए।

उनले आफ्नो-अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताएका हुन् ।