प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रविबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रविबीच सिंहदरबारमा भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा तीनै नेताबीच बजेट पारित गर्ने, मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा छलफल भएको हो ।

पछिल्लो समय अध्यक्ष ओलीले बजेटको आलोचना हुने गरी अभिव्यक्ति दिइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका अन्य दललाई पनि सरकारमा ल्याउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका बेला सहयात्री दलका नेताहरूसँग छलफल गरेका स्रोतले जनाएको छ ।