काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ३ दलका शीर्ष नेताहरू सिंहदरबारमा छलफलमा जुटेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
शीर्ष नेतासँगै दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ । छलफलमा द्वन्द्वकालीन विवादलाई टुंगोमा पुर्याउन टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने जनाइएको छ ।
प्रतिक्रिया