संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुँदै

संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुँदै


काठमाण्डु – संवैधानिक परिषद् बैठक सोमबार सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश सिफारिस लगायत विषयमा छलफल भइरहेको छ ।

यसअघि भदौ २८ गते बसेको परिषद् बैठक अनिर्णित भएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गते अवकाशमा जाँदैछन् ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठ न्यायाधीशमा क्रमशः प्रकाशमानसिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा, कुमार चुडाल छन् ।