वामदेवको घरमै पुगे माधव नेपाल, पार्टी एकताको मोडालिटीबारे चर्चा

वामदेवको घरमै पुगे माधव नेपाल, पार्टी एकताको मोडालिटीबारे चर्चा


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ ।

नेता गौतमलाई भेट्न अध्यक्ष नेपाल गौतम निवास भैंैसेपाटी पुगेका छन् । दुवै नेताबीच बिहीबार करीब २ घण्टा लामो भेटवार्ता भएको छ ।

मंगलवार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमालेका पूर्वउपाध्यक्ष गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेपछि गौतमले बुहारी भित्रिएझै एकीकृत समाजवादीमा नभित्रिने प्रतिक्रिया दिएका थिए ।

बिहीबारको भेटमा २ पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गरेर छिट्टै एकता गर्नेबारे छलफल भएको जनाइएको छ । भेटमा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्की सहभागी थिए ।