प्रधानमन्त्री ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूतको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

चैत २२ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलन तथा थाइल्यान्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चैत चैत १९ गते बैंकक प्रस्थान गर्दैछ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको उपस्थिति थियो ।