प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

आईतबार साँझ ७ बजे बोलाएको बैठक ढिला गरी सुरु भएको छ ।

चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनकारीले आन्दोलनमा तोडफोड र आगजनीका साथै २ जनाको मृत्यु भएकोबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सीके राउत, जनमोर्चाका चित्रबहादुर केसी लगायत सहभागी छन् ।