मेगा बैंकको एटीम सेवा ७९ स्थानमा विस्तार

मेगा बैंकको एटीम सेवा ७९ स्थानमा विस्तार


काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको ७९ स्थानमा एटीम सेवा विस्तार भएको छ ।  स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १ सय १ वटा शाखा समेत विस्तार गरिसकेको छ ।

मेगा बैंकले थप तीन स्थानमा एटीम सेवा विस्तार गरेको हो । बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरेको छ ।

यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेका छन्।