धादिङको ज्वालामुखीमा मेगा बैंक

धादिङको ज्वालामुखीमा मेगा बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ।

बैंकको शाखा सञ्जाललाई गाउँगाउँमा पुर्याउने उद्देश्यलाई निरन्तरता दिने क्रममा मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको हो।

योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ। मेगा बैंकले यसअघिदेखि नै धादिङबेसी र मलेखुमा शाखा विस्तार गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

मेगा बैंकले एक हप्ताको अबधिमा नौ वटा शाखा विस्तार गरेको छ। मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।