काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
यो सम्झौतापछि मेगा बैंकबाटै सन नेपाल लाइफमा जीवन बीमा गर्न ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ। ग्राहकहरुले मेगा बैंकका देशभरका १ सय २ शाखाबाट जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया