काठमाडौंबासीको सपना पुरा नहुने : मेलम्ची चैतमा पनि नआउने निश्चित

काठमाडौंबासीको सपना पुरा नहुने : मेलम्ची चैतमा पनि नआउने निश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो ।

 

 

 

सुरुङ खनेपछि गर्नुपर्ने ‘कंक्रिटिङ’को काम बढाउन सीएमसीले अहिलेसम्म बेवास्ता गरेको छ । २७ किलोमिटरमध्ये १ हजार ४ सय मिटर मात्र सुरुङ खन्न बाँकी रहे पनि खनिएको सुरुङ ‘कंक्रिटिङ’को कामले गति लिन सकेको छैन ।

 

 

आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले अहिलेसम्म डेढ किलोमिटर मात्र ‘कंक्रिटिङ’ भएको बताए ।  खनिएको सुरुङ ढलान गरेर अन्तिम रूप दिनुलाई ‘कंक्रिटिङ’ भनिन्छ । ठेकेदारले अहिले दैनिक मुस्किलले १० मिटर जति मात्र सुरुङ ‘कंक्रिटिङ’ गर्दै आएको छ ।

 

 

 

 गत वर्ष उपकरण अभावमा समयमा ‘कंक्रिटिङ’ गर्न नसकिएको बताएपछि एसियाली विकास बैंक (एडीबी)ले सीएमसीलाई उपकरण खरिद गर्न रकम उपलब्ध गराएको थियो ।

 

 

१५ कात्तिकपछि कामको गतिका आधारमा मात्र मेलम्चीको पानी काठमाडौंंमा कहिले आउछ टुंगो लाग्ने उनले बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।