छाउपडी अब दण्डनीयः तीन महिना कैदको व्यवस्था

छाउपडी अब दण्डनीयः तीन महिना कैदको व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, महिला महिनावारी भएपछि घरभन्दा अलग्गै राखिने छाउपडी प्रथालाई नेपालमा पहिलो पटक फौजदारी अपराधको संज्ञा दिइएको छ। बुधबारको व्यवस्थापिका संसदले मुलुकी अपराध संहिता विधेयक, २०७४ पारित गर्दै छाउपडी प्रथालाई दण्डनीय व्यवस्थामा कायम गरेको छ।

 

महिनावारी भएका बेला घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ, भने अब त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था गरिएको छ। विधेयकको नाम ‘मुलुकी अपराध संहिता ऐन’ रहनेछ।

 

मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि भदौ १ गतेबाट लागू हुनेछ।