काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गरेका छन् । ओलीले फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटलको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो ।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे।
मर्क्युरमा अन्तर्राष्ट्रिय रूपमा चर्चित कुजिनसँगै इटालियन र इन्डियन स्वादलाई चाख्न पाइनेछ।
एबी होल्डिङ्सअन्तर्गतको कम्पनी मेट्रोपोलिटियन होटलको व्यवस्थापन फ्रान्सको एकोर ग्रुपले लिएको छ। होटल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको एबी होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेत हुन्।
११ तलाको भवन रहेको यस होटलमा १०४ वटा कोठा छन्। जसमध्ये १०औँ र ११औँ तल्लामा जिम, स्टिम, साउनालगायत फिटनेसका लागि छुट्याइएको छ।
प्रतिक्रिया