मेस्सीले पिएसजी डेब्यु खेल्न नपाउने

मेस्सीले पिएसजी डेब्यु खेल्न नपाउने


एजेन्सी- लियोनल मेस्सीका समर्थकहरु चाडैं उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् ।

यस खेलमा नेइमार र लियनद्रो पेरेडेस पनि मैदानमा हुने छैनन् । कोपा अमेरिकाको फाइनल खेलमा सहभागी हुन परेका कारण उनीहरुले पनि प्रिसिजनको तयारी गर्न पाएका थिएनन् ।

अब लिग वानको चौथो खेलमा स्टेडे डि रेइम्सविरुद्ध मेस्सी मैदानमा उत्रनसक्ने अपेक्षा गरिएको छ । यसै महिना बार्सिलोनासँगको २१ वर्षे सम्बन्ध टुंग्याएर छाडेर मेस्सी पिएसजीमा आबद्ध भएका हुन् ।