फ्रेन्च लिग वानः मेस्सी र नेइमारबिना पीएसजीको जित

फ्रेन्च लिग वानः मेस्सी र नेइमारबिना पीएसजीको जित


एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले तस्रो जित निकालेको छ । शुक्रबार राति भएको ब्रिष्टविरुद्धको खेलमा पीएसजीले ४–२ गोल अन्तरले जित्न सफल भएको हो ।

केही दिन अघि पीएसजीसँग अनुबन्धित लियोनल मेस्सी र ब्राजिलियन स्टार नेइमारलाई बेन्चमा राखिएको खेलमा हेरेरा, एम्बाप्पे, गुये, डी मारियाले एक एक गोल गरेका छन्।

मेस्सी यस महिनाको सुरुआतमा बार्सिलोनाबाट पीएजीमा गएका थिए तर उनले पीएसजीमा डेब्यू गरेका छैनन् ।