काठमाण्डु– नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले शिक्षक आन्दोलनलाई कमजोर बनाउन प्रधानमन्त्री केपी ओलीले कार्यकर्ता खटाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर होच्याएको आरोप लगाएका हुन् ।
उनले भने, ‘विगतमा शिक्षकहरूसँग तीन पटक सम्झौता भएको थियो। सम्झौता कार्यान्वयनको कुरा त परै जाओस्, सम्झौता कार्यान्वयनको आवाज उठाउँदा, आन्दोलनलाई खिसीट्यूरी गर्ने, होच्याउने, घुसपैठ गराउने, आन्दोलनलाई कमजोर बनाउन सरकार र सरकारसँग जोडिएका राजनीतिक दलका कार्यकर्ता लगाउनेलगायतका नीच स्तरका काम सरकार र प्रधानमन्त्रीज्यूबाट भयो त्यो खेदजनक छ।’
प्रतिक्रिया