दैनिक २ सय लिटर दूध बेचेर बाँस्तोलाले पाए डेढलाख पुरस्कार

दैनिक २ सय लिटर दूध बेचेर बाँस्तोलाले पाए डेढलाख पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् ।

गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत उनले प्रोत्साहन स्वरुप १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् ।

यातायात व्यवसाय छाडेर ५ वर्ष अघिदेखि व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् ।

जसमध्ये १५ लैना गाईबाट दैनिक २ सय लिटर दूध उत्पादन गरी मासिक ४ लाखको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए ।

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक २ लाख बचत हुने गरेको छ ।