दूधको मूल्य बढ्यो, भोलिदेखि कार्यान्वयन हुने

दूधको मूल्य बढ्यो, भोलिदेखि कार्यान्वयन हुने


काठमाण्डु – सरकारले भोलि शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यवृद्धि गरेको छ । माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपौयाँले बढाउने निर्णय गरेको थियो ।

सरकारले गरेको उक्त निर्णय भोलिदेखि लागू हुने दुग्ध विकास संस्थान (डिडिसी)ले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।यसअघि न्यूनतम प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य अब ८५ रुपैयाँ पुगेको छ ।

वृद्धि भएको मूल्यमध्ये ६ रुपैयाँ ५२ पैसा किसानले पाउनेछन् भने बाँकी उद्योगीले पाउने डिडिसीका महाप्रबन्धक राजेन्द्र अधिकारीले बताए । विकास संस्थान (डिडिसी)ले दूधको प्रतिलिटर मूल्य नौ रुपैयाँले वृद्धि गरेको हो ।