जनजिबिका र शैक्षिक सबालमा अझ खरो भएर उत्रन बिद्यार्थी नेतृत्वलाई वनमन्त्री बस्नेतकाे निर्देशन

जनजिबिका र शैक्षिक सबालमा अझ खरो भएर उत्रन बिद्यार्थी नेतृत्वलाई वनमन्त्री बस्नेतकाे निर्देशन


काठमाडाैँ – वन तथा वाताबरणमन्त्री शक्ति बहादुर बस्नेतले माओवादी र एमाले एकअर्कामा विलय नभएर एकता हुने बताएका छन् । बस्नेतले वाम एकता माओवादी आन्दोलन र जनयुद्धको पुर्ण सम्मान गरेर मात्र अघि बढ्ने बताएका हुन् ।

अखिल (क्रान्तकारी) त्रिभुवन विश्वबिद्यालय समितिको छैठौं सम्मेलनको उद्घाटन उद्घाटन गर्दै मन्त्री बस्नेतले भने, ‘लामो छलफल पछि हामी एकताको निकै नजिक पुगेका छौं । एकताका लागि अन्तिम चरणको मेहनत गरिराखेका छौं ।’ उनले  जनजिबिका र शैक्षिक सबालमा अझ खरो भएर उत्रन बिद्यार्थी नेतृत्वलाई निर्देशन दिए ।

सरकारले वाम घोषणापत्रका सबै नारा र प्रतिबद्धताको पुर्ण कार्यान्यन गर्ने बताउंदै रचनात्मक सुझाब दिन र कहिं खराबी देखिए आफ्नै सरकारबिरुद्ध पनि खबरदारी जारी राख्न सुझाए ।

कार्यक्रममा अखिल(क्रान्तकारी) का अध्यक्ष रन्जित तामाङले शुल्क बृद्धि र निजिकरण बिरुद्ध थालिएको आन्दोलन उपलब्धि हासिल नहुंदा सम्म नरोकिने दृढता ब्यक्त गरे। तामाङले आवश्यक परे थप कडा कार्यक्रम सहितको कडा संघर्षको आह्वान गरिने बताए ।

सम्मेलनमा अखिल(क्रान्तिकारी) महासचिव उत्तम अधिकारी, उपमहासचिव जीपी मैनाली, सचिव राजकुमार याक्सो, त्रिवि नेताहरु गेहेन्द्र ढकाल, तिलक उपाध्याय, जगदिश देबकोटा लगायतले शुभकामना दिएका थिए ।