काठमाण्डु – अध्यक्ष अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा दिएका मन्त्रीले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले राजीनामा दिएका थिए ।
प्रतिक्रिया