बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्र मन्त्रालय


काठमाण्डु – सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार सूचना निकालेर अहिलेसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकाको नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिएको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तले ढाकाको नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीसँग सम्पर्क गर्न केही असहज भएको छ ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा केही दिनदेखिको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ । प्रदर्शनमा अहिलेसम्म २५ जनाको ज्यान गएको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति –