अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंहविरुद्ध काठमाण्डु जिल्ला अदालतमा उजुरी

अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंहविरुद्ध काठमाण्डु जिल्ला अदालतमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्। फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन्।

यस्तै फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरेका छन्। गत जेठ १५ काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन् । यो विषयले बौद्ध समुदाय फिल्म विरुद्ध प्रदर्शनमा उत्रिएको थियो ।