काठमाण्डु – विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) काे उत्कृष्ट १८ मा बझाङकी चाँदनी जोशी समावेश भएकी छन् । खप्तड छान्ना गाउँपालिका-१ डाडाँगाउँ घर भएकी चाँदनी जोशी उक्त इभेन्ट उत्कृष्ट १८ मा परेकी हुन् ।
अध्ययनका लागि न्युयाेर्क पुगेकी चाँदनी जोशी ‘विउटी विथ इन्टेलिजेन्ट’ विधाबाट उत्कृष्ट १८ मा समावेश भएकी हुन् । आइटी इन्जिनियर अध्ययनका लागि पाँच महिना अघि न्युयोर्क पुगेकी थिइन् ।
भर्खर १८ पुगेकी चाँदनीले आफ्नो रुची पढाई सँगसँगै गायन, नृत्य तथा चित्रकलामा रहेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म आन्तरिक प्रतिस्पर्धाबाट उत्कृष्ट १८ मा परेकी छु । अबको चरण भोटिङमा आधारित हुनेछ । सबैलाई भोट गर्न अनुरोध गर्दछु ।
उत्कृष्ट १८ भित्र समावेश भएपछि अबको चरण पार गर्न उनलाई अनलाइन भोटको जरुरत पर्दछ । आयोजकले उल्लेख गरेको छ, ‘मिस नेपाल नर्थ अमेरिका २०२३ का हाम्रा शीर्ष १८ फाइनलहरूको घोषणा गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रा सबै फाइनलिस्टहरू बौद्धिकताका साथ सुन्दरी हुन् र अत्यन्त प्रतिभाशाली छन् ।
प्रत्येक वर्ष ग्रान्ड फिनाले राति अघि हामीसँग अनलाइन भोटिङ खण्डहरू हुन्छन् जहाँ तपाईँले ‘मिस पपुलर २०२३’ का लागि आफ्नो मनपर्ने प्रतियोगी छनोट गर्न सक्नुहुन्छ । हाम्रो अनलाइन भोटिङ प्रणाली अहिले खुला छ र यस वर्षबाट विजेताले ग्रान्ड फिनालेमा शीर्ष १० प्रतियोगीहरूको रूपमा प्रत्यक्ष प्रवेश पाउन योग्य हुनेछन् । चाँदनी जोशीलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् । उनको भोटिङ आइडी २ रहेको छ ।
प्रतिक्रिया