काठमाण्डु – किर्तीपुरमा मिटरब्याज पीडित र प्रहरीमाबीच झडप भएको छ । ४१ दिनदेखि न्यायका लागि काठमाण्डुको माइतीघरमा आन्दोलन गरिरहेका पीडितमाथि प्रदर्शनका क्रममा प्रहरीले कीर्तिपुर गेटनजिक आक्रमण गरेको हो ।
सो क्रममा प्रहरीले प्रदर्शनमा सहभागी १३ जना मिटर ब्याजी पीडितलाई पक्राउ गरेर कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ ।त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले महिला तथा वृद्धहरुलाई समेत अमानवीय ढंगले कुटेको अभियन्ता नीर्ग नवीनले बताए ।
सोमबार बिहान प्रहरीले माइतीघर मण्डलामा प्रदर्शनका लागि जान रोकेपछि पीडितहरुले सरकारविरुद्ध नारा लगाएका थिए । त्यसपछि घेराबन्दी गरेर प्रहरीले कुटपिट गरेको अर्का अभियन्ता सुर्जन तिवारीले जानकारी दिए ।
प्रतिक्रिया