मिथिला क्षेत्रमा आज होली मनाइँदै

मिथिला क्षेत्रमा आज होली मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मिथिला क्षेत्रसहित मधेश प्रदेशका विभिन्न ठाउँमा शनिाबर पनि होली मनाइँदैछ । मधेशका धेरै ठाउँमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा शुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार शुक्रबार मनाइएको थियो ।

.तर मिथिला क्षेत्रमा भने माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ । माध्यमिकी परिक्रमाको १३३ किलोमिटर वृत्तभित्र परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ ।

मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् ।

त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा शुरू हुने तिथिको दिन पारेर मधेशका धेरैजसोले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार होली खेलिन्छ ।