जनताले निर्वाचनमार्फत एउटा कम्युनिस्ट पार्टी बनाउन जनादेश दिएको होःमाधव नेपाल

जनताले निर्वाचनमार्फत एउटा कम्युनिस्ट पार्टी बनाउन जनादेश दिएको होःमाधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पांचौं साधारणसभासम्पन्नभएको छ । साधारणसभाले पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ ।

 

साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक एंवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एउटै बलियो कम्युनिष्ट पार्टीमार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुहुने पुष्पलालको सान्दर्भिकता यति बेला झन् बढिरहेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीहरु बीचएकता गरेर उहांको सपना साकार पार्ने दृढता व्यक्त गरे ।  

 

प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले जनताले निर्वाचनमार्फत एउटा कम्युनिस्ट पार्टी बनाउन जनादेश दिएको उल्लेख गर्दैै यसलाई सार्थक निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए ।  

 

आगामी तीन वर्षका लागि चयन भएको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्ष बेदुराम भुसाल, लोककृष्ण भट्टराई, विजयलाल श्रेष्ठ, महासचिवमा गंगालाल तुलाधर, सचिव विष्णु रिजाल, कोषाध्यक्ष मोहनबहादुर केसी र सदस्यहरुमा अलि अख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्नमहर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यलाल श्रेष्ठ चयन भएका छन् ।