रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता अन्तिम चरणमा पुगेको दावी गरेका छन् । उनले पार्टी एकताको सैद्धान्तिक विवादको टुंगो लागिसकेकाले सोमबार नै एकता हुने जानकारी दिए ।
प्रेस चौतारी नेपाल रौतहट शाखाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले दुई अध्यक्षको एक्ला एक्लै वार्ता सकरात्मक रहेको बताए ।
दुवै नेताको सहमतिपछि सोमबार बस्ने एकता संयोजन समितिको बैठकले एकता प्रक्रिया र सरकारमा सहभागीताको टुंगो लाग्ने बताए । नेपालले वाम गठबन्धनको सरकार गठनसंगै मुलुक स्थायीत्व र अर्थिक विकासको दिशामा अगाडि बढ्ने बताए ।
प्रतिक्रिया