काठमाण्डु – नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई भारतमा हत्या प्रयाश गरिएको आशंका गरिएको छ । उपचाररत निशालाई एक युवाले एक्कासी भेट्न आएपछि उनको परिवारका सदस्यले हत्या आशंका गरेका हुन् ।
‘तीन दिन अघि एक अपरिचिन पुरुष म निशाको भाई भन्दै अस्पतालमा भेटन आएछन् ।’ उनकी दिदी उषा घिमिरेले भनिन् ‘हामी परिवारका सदस्यलाई त जुनसुकै बेला भेटन दिँदैनौं । कसरि त्यो अपरिचित मान्छे निशाको बेडमा पुग्यो । हामी अचम्ममा छौं ।’
उषाले आफु क्यान्टिनमा जाँदा भारतीय मुलका जस्ता देखिने दुई अपरिचित व्यक्तिले निकै बेर फलो गरेको जानकारी दिइन् । साथै घटनाबारे प्रहरीलाई जानकारी गराउने उषाको भनाई छ । उपचाररत मोडल घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।
भारतको देहरादुनमा रहँदा दुर्घटनामा परेर तीन वर्षदेखि थला परेकि घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । निर्भिक अस्पतालका प्रबन्धक निर्देशक मेघा चौधरीले कलाकार घिमिरेलाई उद्धार गरेकी थिइन् ।
प्रतिक्रिया