भारतमा चर्कियो आन्दोलन, मोदी सरकारले काट्यो दिल्लीमा फोनको लाइन

भारतमा चर्कियो आन्दोलन, मोदी सरकारले काट्यो दिल्लीमा फोनको लाइन


एजेन्सी – सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी कानूनको विरोधमा आन्दोलन चर्कँदै गएपछि भारत सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

भारतको विभिन्न ठाउँमा आन्दोलन चर्केपछि सरकारको निर्देशनमा भारतका चर्चित रामचन्द्र गुहा र योगेन्द्र यादव लगायत ठूलो संख्यामा लेखक तथा अभियन्ताहरु पक्राउ परेका छन् । साथै दिल्लीका विभिन्न भागहरुमा मोवाइल फोन कल, एसएमएस, तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ ।

‘हामीले सरकारबाट प्राप्त निर्देशनअनुसार दिल्लीका केहि क्षेत्रमा हाम्रो फोनसेवाका आवाज, एसएमएस र डाटा प्रसारण अवरुद्ध गरेका छौं,’ भारती एयरटेलले भनेकाे छ, ‘निलम्बनका आदेश फुकुवा भएपछि हाम्रो सेवाहरु पूर्ववत् रुपमा पूर्णरुपले सञ्चालनमा आउनेछन् ।’ त्यसैगरि, भोडाफोन, एयरटेल, जियो लगायतका कम्पनीहरूले पनि सेवाहरू रोकेको जानकारी दिएका छन् ।