मोदीलाई कठपुतली र आतंककारी भन्ने मालदिभ्सका मन्त्री निलम्बित

मोदीलाई कठपुतली र आतंककारी भन्ने मालदिभ्सका मन्त्री निलम्बित


काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको कठपुतली र आतंककारी भन्ने मालदिभ्सका तीन मन्त्री निलम्बनमा परेका छन्।माल्दिभ्सको अखबार अटोल टाइम्सका अनुसार उनीहरू आइतबार निलम्बनमा परेका हुन्।

बिहीबार भारतको टापु लक्ष्यदीपमा पुगेर पर्यटन भिडियो सार्वजनिक गरेका मोदीलाई तीन मन्त्रीहरूले सामाजिक सञ्जालमा इरजायली कठपुतली र आतंककारी तथा मुस्लिम विरोधी भनेका थिए।

मालदिभ्सका युवा सशक्तीकरण, सूचना तथा कला मन्त्रालयमा काम गर्ने सहायक मन्त्रीहरू माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद निलम्बनमा परेका हुन्।

सोमबारबाट चीनको ६ दिने राजकीय भ्रमणमा जान लागेका राष्ट्रपति महोम्मद मैजुको भ्रमण अगाडि तीन मन्त्रीको निलम्बन भएको हो। मोदीविरुद्धको अभिव्यक्ति मन्त्रीहरूबाट आएपछि माल्दिभ्सको विदेश मन्त्रालयले त्यो निजी भनाइ भनेको थियो।