पाकिस्तानमा रहेको दूतावास बन्द गर्ने भारतको निर्णय, ४८ घण्टाभित्र देश छाड्न निर्देशन

पाकिस्तानमा रहेको दूतावास बन्द गर्ने भारतको निर्णय, ४८ घण्टाभित्र देश छाड्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत सरकारले पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्ने निर्णय गरेको छ ।

पहलगाममा २२ अप्रिलमा भएको हमालमा २५ भारतीय र १ नेपाली नागरिक गरी २६ जनाको मृत्यु भएको घटनापछि आक्रोशित भारतले दूतावास बन्द गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको सीसीएसको बैठकले दूतावास बन्द गर्ने, अटारी सीमा चेकपोस्ट बन्द गर्ने निर्णय गरेको भारतीय विदेश सचिव विक्रम मिस्त्रीले जानकारी दिए । भारतीय सञ्चारमाध्यमका अनुसार अटारी सीमा चेकपोस्ट बन्द गरेसँगै अब भारत–पाकिस्तानबीचको आवागमन ठप्प हुनेछ ।

भारतले इन्डस वाटर सन्धि पनि रोकेको छ । भारतले पाकिस्तानीहरूलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन जारी गरेको छ ।

यससँगै अब भारतले पाकिस्तानीलाई भिसा समेत नदिने निर्णय गरेको छ । सार्क भिसा छुट सुविधाअन्तर्गत पाइने सुविधा अब पाकिस्तानी नागरिकले भारतमा नपाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।