बाइडेनले यसरी गरे अमेरिकामा मोदीलाई स्वागत

बाइडेनले यसरी गरे अमेरिकामा मोदीलाई स्वागत


काठमाण्डु-अमेरिकाका राष्ट्रपति जो बाइडेनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका छन् ।

मोदीलाई स्वागत गर्र्दै वाइडेनले अमेरिका र भारत इतिहासमा अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् ।

सामाजिक सञ्जालमा बाइडेनले मोदीलाई स्वागत गरेको तस्विर सार्वजनिक गदै मोदीसँगको हरेक भेट फरक हुने गरेको र हरेक मुद्दामा सहकार्य गर्न तयार हुने बताएका छन् ।

मोदीले पनि बाइडेनलाई निम्तोको लागि धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले भेटको अवसरमा क्षेत्रीय र विश्व मुद्दामा छलफल गर्‍यौं ।’