भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख अन्तिम हप्ता नेपाल भ्रमणमा आउने भएका छन्। मोदीले वैशाख २८ देखि (मे ११ तारिखमा) नेपालको भ्रमण गर्ने दावी सहितको खबर भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले समाचार प्रकाशित गरेको छ ।

नेपाल भ्रमणका क्रममा मोदी जनकपुर पनि पुग्ने समाचारमा जनाइएको छ। दुई हप्ताअघि प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको लागि आग्रह गरेका थिए।

मोदीले सार्क शिखर सम्मेलनका बेला सन् २०१४ मै जनकपुरको भ्रमण गर्ने बताए पनि अन्तिम समयमा रद्द भएको थियो । भ्रमणको तारतम्य दुईजना नेपाली एकजना भारतीय सरकारी अधिकारी र एकजना नेताले मिलाइरहेको खबरमा दावी गरिएको छ ।
यो मोदीको तेश्रो नेपाल भ्रमण हुनेछ ।

नेपालमा संविधान जारी भए लगत्तै भारतले नाकाबन्दी गरेपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारका लागि भारत र नेपालले पनि प्रयास गरिरहेका छन् ।