अझै फेरिएन् दिल्लीको लाइन, पत्रकार सम्मेलनमै मोदीले भने– ‘सबैलाई मिलाएर जानुहोस्’

अझै फेरिएन् दिल्लीको लाइन, पत्रकार सम्मेलनमै मोदीले भने– ‘सबैलाई मिलाएर जानुहोस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आफनो पुरानै अडानलाई फेरी दोहोरयाएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सवै पक्षलाई समेटेर जान घुमाउरो पारामा सुझाव दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले समाजका सबै पक्षलाई समेटेर संविधानको कार्यान्वयनमा लाग्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले संविधान संसोधन गर्ने आफनो प्रयास जारी रहेको बताएका  थिए । उनले दुई तिहाई बहुमत नपुगेको कारणले संविधान संसोधन फेल भएको भन्दै भविष्यमा संविधानको संशोधन गरेर सवै पक्षलाई समेट्ने आश्वासन दिएका छन् ।  भारतले मधेषवादी दलहरुलाई समेटेर जान अप्रत्यक्ष रुपमा सुझाव दिदै आएको छ ।

 

 

गत सोमबार देउवा नेतृत्वको सरकारले संविधान संसोधन गर्न कोशिस गरेपनि ४८ मत कम हुदा संविधान संसोधन विद्येयक पारित हुन सकेन् । देउवाले संविधान संसोधन फेल भएपनि मधेषवादी दल आगामी असोजमा हुन लागेको चुनावमा सहभागी हुने जानकारी दिएका थिए ।  

 

यसअघि दोस्रो पटक भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउदा असन्तुष्ट पक्षलाई मिलाएर जान सुझाव दिएपछि नेपालमा उनि विरोधी माहोल सिर्जना भएको थियो ।  मोदीले नेपालको आन्तरीक राजनीतिमा हस्तक्षेप गर्न खोजेको अर्थमा उक्त अभिव्यक्तिलाई लिइएको थियो ।  मोदीले संयुक्त पत्रकार सम्मेलनमा  सबै नागरीकका  आकांक्षालाई पुरा गर्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

 

उनले नेपालको समृद्धि र विकासमा सहयोग गर्न पाउदा आफु निकै खुसी भएको समेत बताए । मोदीले नेपाल र भारतको बिचमा भएका जलविद्युतसम्बन्धी सवै सम्झौता लागू भएकोमा खुसी समेत व्यक्त गरे । मोदीले अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यास गर्न प्रधानमन्त्री देउवाले निम्तो दिएको जानकारी दिदै धन्यवाद समेत व्यक्त गरे ।

 

संयुक्त पत्रकार सम्मेलनमा भारत र चीनबीच देखिएको दोक्लाम बिवादबारे भने कुरा उठेन् । भारतिय प्रधानमन्त्रीले नेपाल र भारतको सुरक्षासम्बन्धी समझदारी निकै महत्वपुर्ण रहेको भने बताए ।  उनले दुवै देशको सुरक्षा हित आपसमा निर्भर रहेको समेत बताएका छन् । मोदीले यसपटक पनि संविधानको स्वागत भने गरेनन् । उनले  स्थानिय निकायको चुनाव सम्पन्न गराएकोमा भने नेपाललाई बधाई दिए ।