२०२४ मा मोदीको छिमेक सम्बन्ध कस्तो रह्यो ?

२०२४ मा मोदीको छिमेक सम्बन्ध कस्तो रह्यो ?


काठमाण्डु- सन् २०२४ मा भारतको अधिकांश छिमेकी देशहरूसँग सम्बन्ध राम्रो रहेन । हुन त भारतका लगभग सबै छिमेकी देशहरूमा गत वर्ष राजनीतिक उथलपुथल भयो । तर, केही यस्ता घटनाहरू पनि छन् जसले यी देशहरूसँग भारतको द्विपक्षीय सम्बन्धमा असर पारेको छ ।

नेपालसहित बंगलादेश, मालदिभ्स र अन्य छिमेकसँग सन् २०२४मा भारतको द्विपक्षीय सम्बन्ध नमीठो रह्यो । २०१४ मा जब नरेन्द्र मोदी पहिलो पटक भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिए, उनले सबै छिमेकी देशका राष्ट्र र सरकारप्रमुखहरूलाई शपथग्रहण समारोहमा बोलाए ।

शपथ समारोह र त्यसपछिका वर्षहरूमा मोदीको ‘छिमेक पहिलो’ नीतिले खुबै चर्चा पायो भने उनले छिमेकी देशहरूको यात्रा गरेर सम्बन्ध झन सुदृढ बनाउन प्रयास गरे । यसबाट के स्पष्ट भयो भने भारतको विदेश नीतिमा छिमेकी देशहरूलाई अधिक महत्व दिइएको छ ।

यसै नीतिलाई मोदी सरकारको ‘नेबरहुड फस्र्ट’ अर्थात ‘छिमेक पहिलो’को रूपमा विस्तार गर्ने प्रयास भयो ।

प्रधानमन्त्री बने पछि मोदीले दुई पटक बंगलादेशको यात्रा गरे । अगस्ट २०२४ मा बंगलादेशमा शेख हसिनाको सत्ता खोसिएपछि दुई देशको सम्बन्धमा खलल पुगेको छ । हसिनालाई भारतले शरण दिएको छ भने बंगलादेशले उनलाई सुपुर्दगी गर्न आग्रह गरिरहेको छ ।

बंगलादेशसँग ठुलो झट्का

पहिला भारतको बंगलादेशसँग राम्रो सम्बन्ध थियो तर हसिना शासनको पतन पछि सम्बन्ध खल्बलिएको छ । मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकार भारतविरोधी मानिएको छ । यी दुई देशबीचको बढ्दो तनावको सीधा असर व्यापारमा परेको छ । युनुस सरकार बनेपछि बंंगलादेशमा भारतको निर्यात व्यापार २८ प्रतिशतले घटेको छ ।

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक सञ्जय भारद्वाज भन्छन्, ‘बंगलादेशको राजनीतिक उथलपथल उसको आन्तरिक मामिला हो र त्यसका कारण भारतको ‘नेबरहुड फस्र्ट’ नीतिमा कुनै परिवर्तन आएको छैन ।

विदेश सम्बन्धका जानकार तथा ‘द इमेज इन्डिया इन्स्टिच्युटका अध्यक्ष रविन्द्र सचदेव भन्छन्, ‘२०२४मा भारतलाई सबैभन्दा बढी झट्का बंगलादेशबाट लागेको छ । यसले भारतको ‘नेबरहुड  फस्र्ट  ’ नीतिलाई प्रभावित गरेको छ ।

नेपालसँग पनि तनाव

मोदीले अहिलेसम्म पाँच पटक नेपालको भ्रमण गरेका छन् । यो कुनै पनि छिमेकमा गरिएको यो नै मोदीको सबैभन्दा धेरै भ्रमण हो । २०१९ देखि मई, २०२२ सम्म मोदीले पाँच पटक नेपाल आएका हुन् ।

मोदीले पहिलो पटक ३ अगस्ट २०१४मा नेपाल भ्रमण गरेका थिए । त्यसपछि दोस्रो पटक सोही वर्ष २५ नोभेम्बरमा उनी नेपाल आए । मोदी तेस्रो पटक ३० अगस्ट २०१८ मा नेपाल यात्रा गरे । सोही वर्ष ११ मेमा पनि उनले नेपालको भ्रमण गरे । पाँचऔँ पटक उनले १६ मे २०२२मा नेपाल आएका थिए ।

नेपालमा अहिले एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री छन् । उनको छवि भारत विरोधी मानिन्छ । चौथो पटक प्रधानमन्त्री बनेपछि ओलीले पहिलो विदेश भ्रमण चीनबाट सुरु गरे । पहिला भारत भ्रमणमा जाने ओलीको चाहना भएपनि नयाँदिल्लीले ‘ग्रीन सिग्नल’ नदिएपछि उनले उत्तरी छिमेकी देश चीनको भ्रमण गरे । पारम्परिक रूपमा नेपालका प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्दै आएका छन् ।

गत वर्ष दिसम्बरमा ओली सरकारले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड एनिशिएटिव (बीआरआई)को फ्रेमवर्क समझौतामा हस्ताक्षर गरेको छ ।

मोरक्को पछि बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्ने नेपाल दोस्रो देश हो ।

‘भारत र चीनसँगको सम्बन्धलाई नेपालले सन्तुलन बनाएर राख्न चाहन्छ,’ विदेश मामिला जानकार भारद्वाज भन्छन् । उनी भन्छन, ‘केपी ओली चीनसँग राम्रो सम्बन्ध रहोस् चाहन्छन् । तर, उनी भारतलाई पनि छोडन चाँहदैनन् ।’

२०१५ मा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी पछि दुई देशको सम्बन्धमा चिसो पसेको हो । अक्टुबर २०१९ भारतले कालापानी र लिपुलेक क्षेत्रसहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीच विवाद थप बल्झेको हो ।

यस्तै २०२३ मैं भारतको संसद भवनमा लगाइएको भारतीय उपमहाद्वीपको तस्वीरमाथि पनि नेपालले आपत्ति जनाएको थियो । पछिल्लो केही वर्षदेखि नेपालसँगको केही विवाद अगाडि आएको छ । तर २०२४ मा दुई देशबीचको सम्बन्धमा कुनै नकारात्मक प्रभाव भने नपरेको भारद्वाज बताउँछन् ।

पाकिस्तानसँग झन खराब

आफ्नो पहिलो शपथग्रहण समारोहमा मोदीले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई पनि निम्त्याएका थिए । तर उनी सहभागी भएका थिएनन् ।

तर शरिफको जन्मदिनमा मोदी अचानक लाहोर पुगेर ‘सरप्राइज शुभकामना’ दिएका थिए । तर पठानकोट, उरी, पुलवामा र बालाकोटमा भएको आक्रमणहरू पछि दुई देशबीच बढेको तनाव यथावत् छ ।

यद्यपी २०२४ मा पाकिस्तान राजनीतिक अनिश्चितता र आर्थिक अस्थिरतामा उल्झिएको छ ।

राजनीतिक उथल–पुथलका बीच पनि पाकिस्तानले शंघाई सहयोग संगठन सम्मेलनको आयोजना गरेको छ । जसमा भारतीय विदेश मन्त्री एस जयशंकर सहभागी भएका थिए । त्यसअघि २०१५ में तत्कालीन विदेश मन्त्री सुषमा स्वराज पाकिस्तानको भ्रमण गरेकी थिइन् ।

जानकारहरू भारत र पाकिस्तानको सम्बन्ध जहाँको त्यहिँ रहेको र २०२४ मा कुनै परिवर्तन नभएको बताउँछन् ।

दुई देशको राजनीतिक तनावको असर खेलमा पनि पर्दै आएको छ । आईसीसी च्याम्यिन ट्रफी २०२५ को आयोजनको विषयमा जारी विवादले भारतीय क्रिकेट टीम पाकिस्तान जान अस्वीकार गरिसकेको छ । आईसीसी च्याम्यिन ट्रफीको आयोजना यसपटक पाकिस्तानले गर्दैछ ।

मालदिभ्स र अफगानिस्तानसँग पनि उस्तै

नोभेम्बर २०२३ मा मोहम्मद मुइज्जू मालदिवका राष्ट्रपतिमा निर्वाचित भए । आफ्नो चुनावी अभियानमा उनले ‘इंडिया आउट’को नारा लगाएका थिए । तर सत्तामा आउने बित्तिकै भारत र मालदिवबीच उत्पन्न तनाव २०२४ सम्म जारी रह्यो ।

अगस्ट २०२४ मा भारतका विदेश मन्त्री एस जयशंकर मालदिवको यात्रा गरेपनि तनावमा भने कमी आएन ।

भारत र अफगानिस्तानबीच ऐतिहासिक सम्बन्ध छ । जुन २०१६ ममा प्रधानमन्त्री मोदीले अफगानिस्तानको भ्रमण गरेका थिए । भ्रमण उपलब्धीमूलक नभएपनि यसले सम्बन्ध सुधारमा आश देखाएका थिए । तर, जब अगस्ट २०२१ म तालिबानले दोस्रो पटक अफगानिस्तानको सत्ता कब्जामा लिए, त्यसयता दुई देशबीच सम्बन्धमा कुनै सुधार भएको छैन ।

जानकारहरू भन्छन, ‘तालिबानको शासनमा भारतलाई त्यो स्थान पाउने छैन जुन उसले अशरफ गनीको समयमा पाएको थियो । किनभने भारतले तालिबानलाई कहिले पनि मान्यता दिएको छैन ।’

श्रीलंकासँग मात्र ठिक

श्रीलंकाको विदेश नीतिमा भारत जति महत्वपूर्ण छ त्यति नै महत्व भारतका लागि श्रीलंका पनि छ । भारत र चीन दुबैले श्रीलंकासँग आफ्नो कूटनीतिक र व्यापारिक सम्बन्ध बढाइ रहेकाछन् ।

यसको मुख्य कारण हिन्द महासागरमा श्रीलंकाको भौगोलिक स्थिति हो, जुन रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण छ ।

२०२२ मा श्रीलंकामा भएको आर्थिक मन्दीबाट उत्पन्न जनआक्रोशका कारण तत्कालीन राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । त्यति बेला आर्थिक संकटमा डुबेको श्रीलंकालाई भारतले सहयोग गरेको थियो । सेप्टेम्बरमा श्रीलंकमा नयाँ सरकार गठन भएको छ र अनुरा कुमारा दिसानायके राष्ट्रपति बनेका छन् ।

दिसानायकेले पहिलो विदेश यात्रा भारतबाट गरेपछि श्रीलंकाले भारतसँग बलियो सम्बन्ध चाहेको भन्ने सन्देश दिएको छ ।