मोदीले अब आइतबार शपथ लिने

मोदीले अब आइतबार शपथ लिने


काठमाण्डु–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालमा प्रधानमन्त्रीका रूपमा अब आइतबार मात्रै शपथ लिने भएका छन् ।

भाजपा र उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) ले मोदीकै नेतृत्वमा सरकार बनाउन लागेको हो । कुल ५४३ सिट रहेको लोकसभामा सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २४१ सांसद निर्वाचित भएका छन् । भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९३ सिट जितेको छ ।

सरकार निर्माणको रस्साकस्सी चलिरहेका बेला मोदीको शपथ एक दिनलाई पछि सारिएको हो ।

लोकसभामा बहुमत ल्याएको राष्ट्रिय डेकोक्याट्रिक गठबन्धन (एनडीए) मा भागबन्डा मिल्न बाँकी रहेकाले उनको शपथ ग्रहण समारोह एक दिन सारिएको हो । शपथ समारोह अब आइतबार हुनेछ ।

उनले शपथ ग्रहण समारोहमा सहभागी हुन छिमेकी राष्ट्रका नेताहरूलाई पनि आमन्त्रण गरेका छन् । प्रधानमन्त्री पुष्पकमद दाहाल मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् ।

मोदीले बुधबार नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शपथ ग्रहण समारोहमा सहभागिताका लागि आमन्त्रण गरेका थिए । शुभ मुहुर्त जुराउने समय आइतबार नै निस्किएपछि पनि त्यही दिन शपथ लिने तयारी मोदीले गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।