यी हुन मोदीले सपथ गराएका ५७ मन्त्रीहरु (नामसहित)

यी हुन मोदीले सपथ गराएका ५७ मन्त्रीहरु (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १५औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीबार बेलुका राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले प्रधानमन्त्री मोदी र उनका मन्त्रीमण्डलका ५७ जना मन्त्रीलाई शपथ खुवाएका हुन् ।

प्रधानमन्त्रीसँग २४ क्याबिनेट मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र २४ राज्यमन्त्रीले पनि शपथ लिएका छन् । भाजपा अध्यक्ष मन्त्री अमित शाहले पनि क्याबिनेट मन्त्रीको रुपमा शपथ छन् ।

मोदीले पूर्व विदेश सचिव एस. जयशंकरलाई क्यबिनेटमा ल्याएका छन् । जयशंकरलाई नेपालमा नाकाबन्दीका डिजाइनर भनेर पनि चिनिन्छन् ।

मोदीको दोस्रो कार्यकालका मन्त्रीमण्डलमा को हुने भन्ने विषयलाई निकै गोप्य राखिएको थियो । धेरैजसो सांसदलाई अन्तिम समयसम्म उनको नाम शपथ लिनेहरुको सूचीमा छ छैन भनेर थाहा थिएन ।

बीबीसी संवाददाता जुबैर अहमदका अनुसार यसपटक मन्त्रीमण्डलमा जुन नयाँ नेताले स्थान पाएका छन् उनीहरु एक प्रकारको ‘प्रोबेशन’ मा रहनेछन् ।

मोदीले गोपनियताको शपथ ग्रहण गराएका मन्त्रीहरुको नाम यसप्रकार छः

क्याबिनेट मन्त्रीः

१. राजनाथ सिंह – लखनऊ ,उत्तर प्रदेश

२. अमित शाह – गान्धी नगर, गुजरात

३.नितिन गडकरी – नागपुर , महाराष्ट्र

४. डीवी सदानन्द गौडा – बेंगलुरु उत्तर , कर्नाटक

५. निर्मला सीतारमण – राज्यसभा सदस्य

६. रामविलास पासवान – चुनाव लडेनन्

७. नरेन्द्र सिंह तोमर – मुरैना , मध्य प्रदेश

८. रविशंकर प्रसाद – पटना साहिब, बिहार

९. हरसिमरत कौर बादल – बठिन्डा, पंजाब

१०. थावरचन्द गहलोत – राज्यसभा सदस्य

११. एस जयशंकर – पूर्व विदेश सचिव

१२. रमेश पोखरियाल निशंक – हरिद्वार, उत्तराखण्ड

१३. अर्जुन मुन्डा खून्टी, झारखण्ड

१४. स्मृति ईरानी – अमेठी, उत्तर प्रदेश

१५। हर्षवर्धन – चांदनी चोक, दिल्ली

१६. प्रकाश जावडेकर – राज्यसभा सदस्य

१७. पियुष गोयल – राज्यसभा सदस्य

१८. धर्मेन्द्र प्रधान – राज्यसभा सदस्य

१९. मुख्तार अब्बास नकवी – राज्यसभा सदस्य

२०. प्रहलाद जोशी – धारवाड,कर्नाटक

२१. महेन्द्रनाथ पाण्डेय – चन्दौली, उत्तर प्रदेश

२२. अरविन्द सावन्त – मुम्बई दक्षिण, महाराष्ट्र

२३. गिरिराज सिंह – बेगूसराय, बिहार

२४. गजेन्द्र सिंह शेखावत – जोधपुर, राजस्थान

राज्यमन्त्री (स्वतन्त्र प्रभार)

१. सन्तोष गंगवार – बरेली, उत्तर प्रदेश

२. राव इन्द्रजीत सिंह – गुडगाँव, हरियाणा

३. श्रीपद नाइक – उत्तर गोवा, गोवा

४. जीतेन्द्र सिंह – उधमपुर, जम्मू–कश्मीर

५. किरेन रिजिजू – अरुणाचल पश्चिम

६. प्रहलाद पटेल – दमोह,मध्य प्रदेश

७. आरके सिंह – आरा,बिहार

८. हरदीप पुरी – राज्यसभा सदस्य

९.मनसुख मान्डविया – राज्यसभा सदस्य

राज्यमन्त्री

१.फग्गन सिंह कुलस्ते – मन्डला, मध्य प्रदेश

२. अश्विनी चौबे – बक्सर, बिहार

३. अर्जुन राम मेघवाल – बीकानेर, राजस्थान

४. वीके सिंह – गाजियाबाद, उत्तर प्रदेश

५. कृष्णपाल गुर्जर – फरीदाबाद,हरियाणा

६. रावसाहेब दानवे – जालना, महाराष्ट्र

७. जी किशनरेड्डी – सिकंदराबाद, तेलंगाना

८. पुरुषोत्तम रुपाला – राज्यसभा सदस्य

९. रामदास आठवले – राज्यसभा सदस्य

१०. साध्वी निरञ्जन ज्योति – फतेहपुर, उत्तर प्रदेश

११. बाबुल सुप्रियो – आसनसोल, बंगाल

१२. सञ्जीव बालियान – मुजफ्फरनगर, उत्तर प्रदेश

१३. सञ्जय धोत्रे – अकोला, महाराष्ट्र

१४. अनुराग ठाकुर – हमीरपुर, हिमाचल

१५. सुरेश अंगडी – बेलगाम, कर्नाटक

१६. नित्यानन्द राय – उजियारपुर, बिहार

१७. रतन लाल कटारिया – अम्बाला, हरियाणा

१८. वि मुरलीधरन – राज्यसभा सदस्य

१९. रेणुका सिंह सरुता – सरगुजा, छत्तीसगढ

२०.सोम प्रकाश – होशियारपुर, पंजाब

२१. रामेश्वर तेली – डिब्रूगढ, असम

२२. प्रताप चन्द्र सारंगी – बालासोर, ओडिशा

२३. कैलाश चौधरी – बाडमेर, राजस्थान

२४. देबश्री चौधरी – रायगंज, बंगाल