काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणकाबीच उनको विशेष विमान एयर फोर्स वनको फेरी चर्चा सुरु भएको छ । विश्वकै सर्वाधिक शक्तिशाली व्यक्ति जब विदेश भ्रमणमा जान्छन्, उनको भ्रमणको समयमा आकाशमा पनि उनको सुरक्षा व्यवस्था कडा पारिएको हुन्छ ।
एयर फोर्स वनमा सबै सुरक्षा व्यवस्था गरिएको हुन्छ, जसले कुनै पनि हमलालाई निस्तेज पारिदिन्छ । उनको भारत भ्रमणको समयमा मोदीको एयर इन्डिया वन र ट्रम्पको विमानबीच के भिन्नता छ भन्ने जिज्ञासा सबैको मनमा आउन सक्छ । आउनुहोस् जानौं यी दुई विमानबीचको भिन्नता ।
मोदीको विशेष विमानलाई एयर इन्डिया वनको नामबाट चिनिन्छ । यो बोइङ– ७४७–४०० विमान हो । यो विमान राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको हवाई यात्रामा प्रयोग हुँदै आएको छ । यसैगरी अमेरिकी राष्ट्रपतिको विशेष विमान एयरफोर्स वन विशेष किसिमबाट निर्मित बोइङ ७४७–२००बी सिरिजको विमान मध्येको एक हो ।
उडिरहेको क्याम्प
एयर इन्डिया वन एक उडिरहेको क्याम्प हो, जसमा आधुनिक संचार उपरकरण राखिएको हुन्छ । यो विमान इन्दिरा गान्धी एयरपोर्टमा रहेको द एयर हेडक्वाटर्स कम्युनिकेसनको अधिनमा रहन्छ ।
उडिरहेको ह्वाइट हाउस
अमेरिकी राष्ट्रपतिको एयर फोर्स वनको परिचालन अमेरिकी वायुसेनाको अधिनमा हुन्छ । ट्रम्पको विमानलाई पनि उडिरहेको ह्वाइट हाउस मानिन्छ । विमानमा रहेको समयमा अमेरिकी राष्ट्रपति जो कोहीसँग पनि सम्पर्कमा रहन्छन् र अमेरिकामा हमला भएमा यो विमानलाई मोबाइल कमाण्ड सेन्टरको रुपमा प्रयोग गर्न सकिन्छ ।
आधुनिक प्रणाली
प्रधानमन्त्रीको यात्राको समयमा एयर इन्डिया वन एक सानो प्रधानमन्त्रीको कार्यालयको रुपम रहन्छ । यसमा अत्याधुनिक संचार साधन जोडिएको हुन्छ । जबकी एयरफोर्स वन अत्यन्त आधुनिक तथा सुरक्षित संचार प्रणालीबाट सुसज्जित हुन्छ ।
एयरफोर्स वन राष्ट्रपतिका लागि मात्रै
एयर इन्डिया वन भीभीआईपीले प्रयोग नगरेको समयमा सर्वसाधारण यात्रुका लागि सेवामा पठाइन्छ । तर भारतमा यो व्यवस्थाको अन्त्य गरिन लागिएको छ ।
प्रधानमन्त्रीका लागि आउन लागेको नयाँ विमान यात्रीका लागि नपठाइने भएको छ । एयर फोर्स वन भने अमेरिकी राष्ट्रपतिका लागि मात्रै समर्पित हुने भएको छ । अमेरिकी राष्ट्रपतिको विशेष विमान एयर फोर्स वनको बेडामा दुई विमान रहेका छन् ।
एउटा उडेको समयमा अर्को विमान स्ट्यान्ड बाइ रहन्छ र यो विमान एकै छिनमा उड्नका लागि तयारी अवस्थामा रहेको हुन्छ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो डलासस्थित प्लान्टमा भारतीय प्रधानमन्त्रीका लागि बोइङ ७००–३०० ईआर विमान बनाइरहेको छ ।
यसमा विश्वकै उन्नत सुरक्ष तन्त्र राखिएको छ । उता कार्गो विमान सँधैभरी एयर फोर्सको अगाडि–अगाडि चलिरहेको हुन्छ । जसका माध्यमबाट दुर्गम स्थानमा पनि ट्रम्पले कुनै पनि चीजको कमी महशुस गर्ने छैनन ।
प्रतिक्रिया