मोदी-ट्रम्प ‘दोस्ती’ : सहज कि असहज ?

मोदी-ट्रम्प ‘दोस्ती’ : सहज कि असहज ?


काठमाण्डु- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नजिकको मित्र ठान्छन् । यस्तै मोदी पनि ट्रम्पलाई पनि राम्रो साथी नै ठान्छन् । दुवैबीच राम्रो सम्बन्ध रहेको मानिन्छ ।

करिब डेढ महिना पहिला सेम्टेम्बरमा मोदी अमेरिकी राष्ट्रपति जो बाइडनको निमन्त्रणामा क्‍वाड समिटमा सहभागी हुन अमेरिका गएका थिए । त्यति बेला ट्रम्पले मोदीसँग छिट्टै भेट हुने बताएका थिए । मोदी अमेरिकाको भ्रमण गर्दा ट्रम्प चुनावी अभियानमा थिए र ट्रम्पलाई नभेटी मोदी फर्केका थिए ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मोदीको निकै चर्चा गर्दै मोदी नेतृत्वको सरकारको प्रशंसा पनि गरेका थिए । नोभेम्बर ६ मा ट्रम्पले निर्वाचन नतिजामा अग्रता हासिल गर्दैगर्दा मोदीले अग्रिम बधाई दिदैं ‘दोस्त’ भनेर सम्बोधन गरेका थिए ।

मोदी र ट्रम्पबीच पछिल्लो भेट २०१९ सेम्टेम्बरमा अमेरिकाको ह्यूस्टनमा भएको थियो । त्यतिबेला दुबैले करिब ५० हजार भारतीय मूलका अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मोदीले ‘अब ट्रम्प सरकार’ को नारा पनि दिएका थिए ।

त्यसपछि २०२०मा मोदीको गृहराज्य गुजरातको अहमदाबादमा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना भएको थियो, जसमा ट्रम्प पनि सहभागी भएका थिए । तर, जानकारहरूका अनुसार मोदी र ट्रम्पले एकअर्कालाई साथी भने पनि भारतको नीतिमा ट्रम्पले तीखो प्रहार गर्दै आइरहेका छन् ।

भारतले अमेरिकी सामानमा कर लगाउँदै आएको र अमेरिकामा भारतीय सामान निर्यात गर्दा उसले करमुक्त चाहेको गुनासो ट्रम्पको रहँदै आएको छ । यसै वर्षको सेम्टेम्बरमा ट्रम्पले भनेका थिए, ‘भारत धेरै कठिन अवस्थमा छ ।’

ट्रम्प भारतसँगको रक्षा सम्बन्धका विषयमा स्पष्ट छन् । ट्रम्प चाहन्छन् कि भारतसँग रक्षा साझेदारी बढोस् । ट्रम्पको ‘अमेरिका फस्ट पोलिसी’ मोदीसँग मित्रताको दायरालाई सीमित गर्छ । यसै नीतिअन्तर्गत ट्रम्प अमेरिकामा भारतको आईटी, फार्मा र टेक्सटाइल निर्यात माथि अन्तःशुल्क लगाउन चाहनछन् ।

ट्रम्पले पहिला पनि भारतलाई ‘ट्यारिफ किङ्ग’ भनिसकेका छन् । भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि त्यतिकै लगाउनुपर्छ भन्ने ट्रम्पको भनाइ छ ।

अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार देश हो । अमेरिका भारतको ठुलो कारोबार साझेदारहरूमध्ये एकमात्र देश पनि हो । जसमा भारतको व्यापार घाटा भने छैन । अर्थात् भारत अमेरिकामा आफ्ना सामान धेरै बेच्छ तर खरिद भने कम गर्छ ।

२०२२ मा भारत र अमेरिकाबीच १९१.८ अर्ब डलरको द्विपक्षीय व्यापार भएको थियो । भारतले ११८ अर्ब डलरका सामान अमेरिका निर्यात गरेको थियो र ७३ अर्ब डलर आयात गरेको थियो ।

भारतका पूर्वविदेश सचिव तथा रूसका लागि पूर्वराजदूत कम्बल सिब्बल भन्छन्, ‘अमेरिका भारतमाथि अन्तःशुल्क बराबरी कसरी गर्न सक्छ ? आज अमेरिकाका लागि चीन समस्या हो, भारत होइन ।’

‘केही मामिलमा ट्रम्पका कदम मोदीका लागि राम्रो देखिन्छ जस्तो, भारतको आन्तरिक राजनीतिमा ट्रम्पको हस्तक्षेप रहँदैन । मानवाधिकार, धार्मिक बराबरी र लोकतन्त्रको बहानामा बाइडन प्रशासन जसरी ट्रम्प बोल्ने छैनन । हिन्दुत्वको राजनीतिमा ट्रम्पको टिप्प्णी आउने छैन’, सिब्बलको विश्लेषण छ ।

भारतीय विश्लेषकहरूका अनुसार रूससँग दुश्मनी साँध्ने चक्करमा अमेरिका चीनको खतरालाई उपेक्षा गर्दै आइरहेको छ । अमेरिकी नीतिकै कारण रूस र चीन नजिक भएको कतिपय विश्लेषकहरूको धारणा छ ।

ब्रह्मा चेलानी भारतमा सामरिक मामिलाका विशेषज्ञ हुन् । अंग्रेजी पत्रिका ओपनमा उनले लेखेका छन, ‘पश्चिमकोे हित र अमेरिकी नेतृत्वको व्यवस्थामाथि खतरा रूसबाट होइन, चीनबाट छ । किनभने रूस आफ्ना छिमेकीहरूसम्म सीमित छ तर चीन अमेरिकाको स्थान लिन खोज्दैछ ।’

चेलानीका अनुसार अब ट्रम्पले फरक नीति अपनाउने छन् । रूसको सट्टा चीनमाथि फोकस गर्नेछन् । र, यदि यस्तो भयो भने यो भारतको हितमा हुनेछ । किनभने भारत र रूसको बढ्दो सामिप्यतामाथि बाइडन प्रशासन जस्तो ट्रम्प प्रशासनको दबाब रहने छैन ।

२०१९मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा गएका थिए । त्यतिबेला अमेरिकाका राष्ट्रपति ट्रम्प थिए । खानसँगको भेटमा ट्रम्पले कास्मिरबारे मध्यस्थता गर्ने कुरा गरेका थिए । दशकौं पछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपति कास्मिरको मध्यस्थता गर्ने कुरा गरेका थिए ।

यद्यपी पाकिस्तानले ट्रम्पको यस भनाइलाई स्वागत गरेको थिएन । जबकि भारतले यसबाट असहजता महसुस गरेको थियो । कास्मिरको विषयमा भारतले अरु कसैको मध्यस्थतालाई अस्वीकार गर्दै आएको छ ।