लेबनानका नेपालीलाई सरकारले भन्यो-अधिकतम सतर्कता अपनाउनू

लेबनानका नेपालीलाई सरकारले भन्यो-अधिकतम सतर्कता अपनाउनू


काठमाण्डु-लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको हो ।

हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित रहेको उल्लेख गर्दै मन्त्रालयले विकसित पछिल्ला घटनाक्रमबाट अधिकतम सतर्कता र सचेतना अपनाउनु भनेको हो ।

कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यसैगरी काठमाडौंमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।