मोटरसाइकलको ठक्करबाट परराष्ट्रकी अधिकृत सुब्बाको मृत्यु

मोटरसाइकलको ठक्करबाट परराष्ट्रकी अधिकृत सुब्बाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुब्बालाई बिहिबार सांझ अनामनगरमा मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई काठमाण्डौंको मोडल अस्पतालमा उपचारका लागि लगिइएको थियो । सुब्बालाई त्यहां मृत घोषित गरिएको छ ।

परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत सुब्बा बिहिबार सांझसम्म कार्यालयको काममा थिईन । कार्यालयको काम सकेर घर फर्कने क्रममा उनलाई सिंहदरबारको पूर्वी गेटमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

२०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी सुब्बाले यसअघि इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्।