मोहम्मद अमिरले गरे टेष्ट क्रिकेटबाट सन्यासको घोषणा

मोहम्मद अमिरले गरे टेष्ट क्रिकेटबाट सन्यासको घोषणा


एजेन्सी – पाकिस्तानका २७ वर्षिय बलर मोहम्मद अमिरले अन्तरराष्ट्रिय टेष्ट क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनले ३६ टेष्ट क्रिकेट खेलेका छन् । २००९ मा श्रीलंकाविरुद्ध खेल्दै टेष्ट क्रिकेटमा डेब्यु गरेका अमिर पछिल्लो समय जनवरीमा दक्षिण अफ्रिकासँगको टेष्टमा सहभागि भएका थिए ।

शुक्रबार सन्यासको घोषणा गर्दै अमिरले भनेका छन्, ‘मेरा लागि पाकिस्तानको प्रतिनिधित्व गर्नु सम्मानको कुरा हो । मैले पुरानो फर्म्याटबाट टाढा हुने निर्णय गरेको छु । किनकि मेरो ध्यान सेतो बलमा केन्द्रित गर्न सकुँ । पाकिस्तानका लागि खेल्नु मेरो अन्तिम इच्छा र उद्देश्य हो । म अब अर्को वर्ष हुने टि–ट्वान्टी विश्वकपको चुनौतीका लागि शारीरिक रुपमा तन्दुरुस्त गर्न लागिरहेको छु ।’