दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त : मन्त्री बस्नेत

दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त : मन्त्री बस्नेत


विराटनगर– सूचना तथा सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताएका छन्।

 

 

विराटनगर विमानस्थलमा मन्त्री बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिएका हुन्।

 

 

संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित नहुने उनको भनाई छ।

 

मन्त्री बस्नेतले राष्ट्रियसभा अध्यादेश, राष्ट्रियसभा निर्वाचन, समावेशी भावना आदि संवैधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाइ भएको बताए।