काठमाण्डु– क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।
दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो ।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइएको छ ।
चिकित्सकहरुले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।
प्रतिक्रिया