मोहना नदीमा फसेका २५ जनाकाे सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

मोहना नदीमा फसेका २५ जनाकाे सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


काठमाण्डु – वर्षासँगै कैलालीकाे मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बर्षासँगै मोहना नदिमा आएको बाढिमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हाे ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा मोहना नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरु नदिपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलवारीबाट खटिएको सुरक्षा फौजले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।