काठमाण्डु– गर्मी याम सुरु भइसकेको छ । जो कोही गर्मीमा चिसो र शरीरलाई ठण्डा राख्ने पेय पदार्थहरू पिउन मन पराउँछ । बजारमा अनेक तरहका पेय पदार्थहरू पाउने गर्छन् । जसको सेवन गरेपछि हामी तत्कालका लागि रिलिफ अनुभव गर्छौ ।
तर बजारमा सजिलै पाइने ति कोल्ड ड्रिङ्कसहरुले शरीरमा अनेक प्रकारका बिमारहरू पैदा गराउँछ भन्ने हामीले अन्दाज लगाउँदैनौ । बजारमा पाइने कोकाकोला, फेन्टा, स्प्राइट जस्ता अनेकौँ पेय पदार्थले एकछिन चिसो अनुभव गराएपनि भविष्यमा ठुला बिरामहरू लाग्छ भन्ने हामी सोच्दैनौ ।
आजकाल बालबालिकालाई पनि यस्ता पेय पदार्थको लत बसिसकेको पाइन्छ । यस्ता पेय पदार्थले मोटोपन, डायबिटिज, क्यान्सरसम्मको खतरा निम्त्याउने गदर्छ । ति पदार्थमा हालिएको चिनि, सोडा र रङ्गाउने रसायन फोरमिथाइलिमिडाजोल वा फोर–मेल जस्ता केमिकलले दीर्घ रोग निम्त्याउने निश्चित छ ।
के पिउने त ?
गर्मीमा ताजा रहन र शीतलता प्राप्त गर्नको लागि घरमा पनि सजिलै बनाउन सकिने पेयपदार्थहरु हुन्छन् जसले उर्जा सँगसँगै शरीरमा पोषक तत्व पनि प्रदान गर्छ । तरबुजाको जुस, नरिवलको पानी, कागती पानी, आँपको बोक्राको जुस, पुदीनाको शरबत, लस्सी, मही लगायतका घरमै बनाइएका पेयपदार्थहरु पिउन सकिन्छ ।
आज हामी मही र यसको सेवनका फाइदाका बारेका चर्चा गर्दै छौ ।
मही थाहा नहुने थोरै मात्र होलान् । नेपालीहरुको मौलिक पेय पदार्थमा पर्छ मही । दूध जमाएर बनाइएको दहीलाई मोथेर घिउ निकाल्दा बनेको मही गाउँघरमा गर्मीको समयमा अत्यधिक पिउने झोल पदार्थ हो । गाँउघरमा अझै पनि पुरानो शैली (मदानीमा राखेर) मही पर्ने चलन रहेको छ । तर शहर बजारमा भने दहीलाई फिटेर मही बनाउने, या त महिनै किन्न पनि पाइन्छ ।
मही स्वास्थ्यको लागि निकै लाभदायी छ । यसमा क्याल्सियम, राइबोफ्लेभिन, प्रोटिन जस्ता स्वास्थ्यवर्धक पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । मही पिउँदा कब्जियत र डिहाइड्रेशनको समस्या पनि कम हुन्छ । हरेक दिन यसको सेवनले गर्मी मौसममा आउने विभिन्न प्रकारका समस्यामा फाइदाजनक मानिन्छ।
हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा सहज तरिकाले खाएका खानेकुरा पाचन हुन्छ।
महीका फाईदाहरु –
–महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ
– महीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ।
– महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।
– महीको सेवनले खाने तरिकामा पनि सन्तुलन गराउँछ।
– भिटामिन र लवणका लागि मही पिउन आवश्यक छ।
– शरीरको तापक्रम सही राख्नका लागि पनि मही पिउन आवश्यक छ।
–साँझबिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
–मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
– महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ। गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।
– शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।
प्रतिक्रिया