काठमाडौं – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ ७९ पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ ।
यस्तै कोरियन वनको भाउ भने सोमबार केही पैसा बढेको छ । एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५२ पैसा छ ।
कुवेती दिनारको भाउ पनि आज बढेको छ । १ को खरिददर ३६५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९१ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २४ पैसा थियो । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
प्रतिक्रिया